नगाउँ: नगाउँ जिल्लाको कठियातोली पुलिसको टीमले ड्रग्स तस्करीको मामिलामा सामेल तीनजना तस्करहरूलाई पक्राउ गरेको छ। तस्करहरुसित प्रचुर मात्रामा ड्रग्स पनि पक्राउ गरियो। गए रात गुप्त सूचनाको आधारमा संचालित अभियानको क्रममा आठवटा साबुनदानीमा लुकाएर राखिएको ११३ ग्राम सहित तीनजना तस्करहरूलाई पक्राउ गरिएको छ। यी तस्करहरूबाट हेरोइन अतिरिक्त एउटा कार, नगद ४३६० रुपियाँ अनि मोबाइल फोन जफ्त गरिएको छ।

यो अभियान एसआई रञ्जीत गोगोईको नेतृत्वमा चलाइएको थियो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी सबै तस्करहरूसित गहन जाँचबुझ गरिरहेको छ।