कोलकाता: महिला डाक्टरसित भएको बलात्कार एवं हत्याको विरोधमा आरजी कर मेडिकल कलेज एवं अस्पतालमा जुनियर डाक्टरहरू गरेका भोक हड़तालले शनिवार १५औं दिनमा प्रवेश गरेको छ।हड़तालको समर्थनमा शनिवार विराट ऱ्याली आयोजना गरिनेछ।सो ऱ्याली पीड़ितको घर पनिहाटी, उत्तर २४ परगनादेखि शुरू भएर एस्प्लानेडसम्म पुग्नेछ। गए शुक्रवार राती डब्ल्यूबीजेडीएफले राज्य सरकारलाई चेताउनी दिएको छ, यदि आगामी २१ अक्टोबरसम्म पनि उनीहरूको मागलाई पूरा गरिएन भने उनीहरूले पूर्ण रूपमा कार्य बहिष्कार आन्दोलन शुरू गर्नेछन्। यसबीच राज्य सचिवालयका अधिकारीले बताए अनुसार मुख्यमन्त्री ममता ब्यनर्जीले गए शुक्रवार राज्यका स्वास्थ्य विभागीय अधिकारीहरूसित बैठक गरी राज्य संचालित मेडिकल कलेज एवं अस्पतालहरूमा बुनियादी ढाँचाको सुधारमा प्रगतिको समीक्षा गरिन्। मुख्यमन्त्रीले अधिकारीहरूलाई आगामी २५ अक्टोबरसम्म सबै लम्बित कार्यलाई पूरा गर्ने निर्देश दिएकी छन्। दीपावलीको छुट्टीपछि सुप्रीम कोर्टमा महत्वपूर्ण सुनवाई हुनुछ जसमा राज्य सरकारलाई मेडिकल संस्थानहरूमा सुरक्षा तथा बुनियादी ढाँचामा सुधारमाथि रिपोर्ट पेश गर्नुछ।











