मकवानपुर: दशैंमा हेटौंडास्थित आफन्तको घरमा आएका काठमाडौंका एक जना व्यक्ति होटेलमा मृत भेटिएका छन्।
काठमांडू महानगरपालिका-७ चावहिल घर भएका ४७ वर्षीय अजय मानन्धर हेटौंडा उपमहानगरपालिका-२ स्थित पल्पसा प्याराडाइज होटेलमा शक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।









