सिलगढीमा नर्सिङ होमकी नर्सको मृतदेह झुण्डिएको अवस्थामा फेला

IMG-20240717-WA0001

सिलगढी: सिलगढीको मिलनपल्लीमा एक निजी नर्सिङ होमको एउटी नर्सको लाश झुण्डिएको अवस्थामा रहस्यमय रूपमा फेला परेको छ। यस घटनापछि क्षेत्रमा सनसनी मच्चिएको छ। मृतकको नाम अर्चना थापा हो। उनी दार्जिलिङकी बासिन्दा थिइन्। मृतकका परिवारले घटना आत्महत्या नभएर हत्या भएको दाबी गरेका छन्। गएराति त्यही घरमा नर्सको झुण्डिएको शव फेला परेको थियो। यहाँ घटना सार्वजनिक हुनासाथ इलाकामा सनसनी फैलिएको छ। उक्त घरमा राति अबेरसम्म धेरैको आवतजावत हुने गरेको स्थानीयले गुनासो गरेका छन्। साथै, घरधनीलाई त्यहाँ बस्ने मानिसको बारेमा सही जानकारी छैन। यसैबीच घटनापछि नर्सिङ होमले नर्सको लाश लिन खोज्दा स्थानीयले लाश लैजान रोकेका थिए। यसपछि पुलिसलाई खबर गरिएको थियो। खबर पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर लाश निकालेर अस्पताल लगेको थियो ।खबर पाएलगत्तै मृतकका परिवारका सदस्यहरू आज दार्जिलिङबाट सिलगढी जिल्ला अस्पताल पुगेका थिए। मृतकका परिवारले आफ्नी छोरीको आत्महत्या नभएर हत्या भएको आशंका गरेका छन्। मृतकको शरिरमा धेरै चोटको निशान रहेको उनको दाबी छ। मृतकका परिवारले न्यायको माग गर्दै हत्याको उजुरी दिने समेत बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement