झापामा बसको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएपछि स्थानीयले बस जलाए (तस्विरहरु सहित)

IMG-20241019-WA0170

झापा (दमक): झापाको कमल गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्गमा तनाव सिर्जना भएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३४३५ नम्बरको बसले सोहि दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मोटरसाइकलको नम्बर र चालकको पहिचान भने हुन सकेको छैन।
दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि आगजनी गरेका छन्। आगजनीपछि अहिले राजमार्गमा ठूलो भिड लागेको छ। भिडलाई नियन्त्रणमा लिन प्रशासनले बाक्लो प्रहरी परिचालन गरेको छ। आधा घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।राजमार्ग अवरुद्ध भएपनि प्रहरीले वैकल्पिक मार्गबाट यातायात संचालन गरिरहेको छ। अहिले शव घटनास्थलमै छ। प्रहरीले मुचुल्का बनाएर शव उठाउने प्रक्रिया अघि बढाएको जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement