काठमांडू: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै अब उनको अनुपस्थितिमा कार्यवहाक सभापतिको को हुन्छ भन्ने चासो छ। रास्वपामा अहिले दुई जना उपसभापति छन्।
स्वर्णिम वाग्ले रास्वपा संसदमा चौथो पार्टी बनिसकेपछि पार्टी प्रवेश गरी उपसभापति बनेका हुन् भने डोरप्रसाद अर्याल (डीपी) रास्वपा स्थापनाकालदेखि उपसभापति छन्। पार्टीमा लामिछानेका विश्वास पात्र र संस्थापक उपसभापति भएकाले डीपी अर्याल नै लामिछानेको अनुपस्थितिमा कावा सभापति हुने सम्भावना छ। यसअघि लामिछानेको सांसद पद नागरिकता प्रकरणमा रद्द भएपछि डीपी नै संसदीय दलको नेता बनेका थिए।
तर डीपीको हकमा वातावरण अनुकूल छ भने पार्टीको विधानले वाग्लेलाई अनुकूल बनाएको छ। रास्वपाको विधानअनुसार ज्येष्ठ उपसभापति नै कावा सभापति बन्न पाउँछ। वाग्ले र अर्याल दुवै ५० वर्षका भए। तर, केही महिनाले अर्यालभन्दा वाग्ले ज्येष्ठ रहेका छन्।









