वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो

IMG-20241019-WA0161

पर्सा(वीरगंज): वीरगञ्जको घडीअर्वा पोखरीमा आसन्न छठपर्वको तयारी थालिएको छ। छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साहले विगतका वर्षमा जस्तै यस वर्ष पनि घडीअर्वा पोखरीमा छठ पूजाको तयारी थालिएको बताए।
उनले भने,‘‘घडीअर्वा पोखरीमा छठको पण्डाल र झिलिमिली र झकिझकाउ सजावटले पनि धेरै दशनार्थीलाई आकर्षित गर्दै आइरहेको छ। पण्डाल र लाइट व्यवस्थापनको जिम्मेवारी दिइसकेका छौँ।’’ तराई–मधेशका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्नतीको सुख समृद्धिको कामना गर्दै मनाउने गर्छन। यस वर्ष छठ पर्वको मुख्य दिन यही नवंबर ७ कातिक शुक्ल षष्ठीको दिन परेको छ। छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ।
घडीअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोषकुमार साहले २००४ सालदेखि घडीअर्वा पोखरीमा छठपूजा मनाउँदै आइरहेको बताए। ‘‘छडपूजा गर्ने दर्शनार्थीलाई सहज र सुलभ ढङ्गले पूजा गर्न सकियोस् भनेर नै व्यवस्थापन गर्न लागिएको हो,’’ उनले भने। छठपूजा व्यवस्थापन समितिका सहसचिव प्रभाकर गुप्ता विगतका वर्षमा भन्दा पनि यो आकर्षक खालका बत्ती र पण्डाल राखिने दाबी गरे।
‘‘छठ पूजाको मुख्य आकर्षण भनेको नै पण्डाल हो। पण्डालमा जति धेरै आर्कषण ल्याउन सकिन्छ। त्यति नै सुन्दर र भव्य देखिनेछ,’’ उनले भने, ‘‘घडीअर्वा पोखरीमा छठको सजावट र डेकोरेसन हेर्नका लागि पनि देशका विभिन्न ठाउँबाट आउने परम्परा जस्तै भइसकेको छ। अब हामीले तेस्रो देशबाट आउने पर्यटकलाई पनि छठको रौनकता देखाउन जरुरी भइसकेको छ।’’ सहसचिव गुप्ताले घडीअर्वा पोखरीको सजावट र डेकेरेसनले देशभरका दर्शनार्थीलाई मोहित पार्ने भएकाले पनि यस वर्ष एक लाखभन्दा धेरै दर्शनार्थीले घडीअर्वा पोखरीको अवलोकन गर्ने दाबी गरे।
समितिका अध्यक्ष कानुले छठ पूजाको सजावट र व्यवस्थापनको लागि करिव १७ लाख खर्च लाग्ने अनुमान रहेको जानकारी दिए। ‘‘छठपर्वका लागि आवश्यक पर्ने खर्चका व्यवस्थापनको लागि ऐच्छिक रुपमा रु दुई सय ५० को टिकट काट्ने व्यवस्था गरेका छौँ,’’ उनले भने, ‘‘छठ पर्वमा घडिअर्वा पोखरी दर्शन र पूजापाठका लागि भने कुनै शूल्क लाग्ने छैन।’’ समितिका अनुसार विगतका वर्षमा जस्तै यो वर्ष पनि घडीअर्वा पोखरीको चारैतर्फ झिलिमिलि बत्ती, पण्डाल र रङ्गीचङ्गी फूलहरुले सजावट गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement