ओडेन्स: भारतीय ब्याडमिण्टन स्टार पीभी सिन्धुले डेनमार्क ओपन सुपर ७५० टुर्नामेण्टको क्वार्टर फाइनलमा हारको सामना गर्नु पऱ्यो। चरम रोमाञ्चक क्वार्टर फाइनलमा सिन्धुलाई इण्डोनेशियाकी ग्रेगोरिया मारिस्का टुनजुंगले १३-२१, २१-१६, ९-२१-ले पराजित गरिन्। म्याच ५७ मिनटसम्म चल्यो। सिन्धुको हारसँगै .यस टुर्नामेण्टमा भारतको चुनौती पनि समाप्त भयो। प्री-क्वार्टर फाइनल झैं टुनजुंगविरुद्ध म्याचमा पनि भारतीय खेलाड़ीको शुरुवात असल रहेन अनि पहिलो गेम गुमाइन्। पहिलो गेममा सिन्धु एक समय ४-३-ले अघि रहेकी थिइन् तर इण्डोनेशियाई खेलाड़ीले पनि पछिबाट पोइण्ट्स हासिल गर्दै ९-५-को बढ़त हासिल गरिन्। त्यसपछि भारतीय शट्लरले केही पोइण्ट्स बटुले पनि टुनजुंगलाई पहिलो गेम जित्न कुनै असुविधा भएन। त्यसपछि विश्वकी १८औं नम्बरकी खेलाड़ी सिन्धुले दोस्रो गेममा चाहिँ असल प्रदर्शन गरिन्। दोस्रो गेममा उनी एक समय ९-१०-ले पछि रहे पनि संयम र फूर्तिको असल उदाहरण पेश गर्दै उनले दोस्रो गेम २१-१६-ले जितेर म्याचलाई १-१-को बराबरीमा पुऱ्याइन्। त्यसपछि म्याचको निर्णायक गेममा एक समय स्कोर २-२-को बराबरीमा रहे पनि टुनजुंगले आक्रामक खेल देखाउँदै चाँड़ै १०-३-को बढ़त हासिल गरिन्। त्यसपछि सिन्धुले म्याचमा फर्किने मौका नै पाइनन्। यसरी टुंगजुनलाई २१-९-ले तेस्रो गेमसहित म्याच जित्न कुनै समस्या भएन।