मिरिक: काउले युनाइटेड सनराइज क्लब, मिरिकको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार २ वटा म्याच खेलियो। मिरिक डिग्री कलेज ग्राउण्डमा खेलिएको पहिलो म्याचमा एमसीसी फिक्कलले खरसाङविरुद्ध पेनल्टी शूटआउटमा ४-३-ले जीत हासिल गऱ्यो। नियमित समयमा स्कोर ४-४-को बराबरीमा रहेको थियो। यसरी दोस्रो म्याचमा ब्रेव ब्लू सालबारीले मिरिक ट्याक्सी एसोसिएशनविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। यस फाइव ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १७ नोभेम्बरमा खेलिनेछ।