सूनका गहनाहरू चोरी

IMG-20240717-WA0003

गान्तोक: रिनाक पुलिस थाना क्षेत्र अन्तर्गत अप्पर तारपिनमा स्थानीय एक व्यक्तिको घरमा लाखौं रूपियॉंको सूनका गहनाहरू चोरी भएको बताइएको छ।पुलिस रिपोर्ट अनुसार, पीडित व्यक्ति आफ्नो परिवारको साथमा ११ देखि १६ अक्टोबरसम्म दशैं मनाउन गएका थिए। उनीहरू १७ अक्टोबरका दिन घर फर्केर आउॅंदा बेड रूमको ताला तोडेर कपबोर्डबाट १२ तोला सूनका गहनाहरू चोरी भएको पाए। सूनका गहनाहरूको मूल्य लगभग ६ लाख रूपियॉं रहेको बताइएको छ।पुलिसले अज्ञात व्यक्ति विरुद्ध बीएनएसको धारा ३३१(४)/३०५ अन्तर्गत मामिला दर्ता गरि जॉंच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement