गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका पूर्व विधायक पिन्छो छोपेल लेप्चाले आज प्राथमिक सदस्य लगायत पार्टीको सबै पदबाट राजीनामा दिएका छन्। उल्लेखनीय छ, पूर्व विधायक लेप्चाले एसकेएम पार्टीबाट वर्ष २०१४ मा गान्तोक निर्वाचन क्षेत्रबाट चुनाउ लडेका थिए। उक्त चुनाउमा उनले विजयी हासिल गर्दै एसकेएम पार्टीको एक सक्रिय र इमान्दार विधायक बनेका थिए। त्यसबेला एसकेएम पार्टीले केवल दसवटा सीटमा मात्र बिजयी प्राप्त गरेको थियो र सरकार एसडीएफ पार्टीको बन्यो। यसरी अल्पमत रहेको एसकेएम पार्टीका ७ जना विधायकहरू केही कारणवश एसडीएफ पार्टीमा सामेल भएका थिए। तर वर्ष २०१९ को चुनाउमा एसडीएफ पार्टीमा सामेल भएकाहरू मध्ये ६ जनालाई पार्टीले टिकट दिएको थियो,जसमा ६ जनाले नै पराजयको सामना गर्नु परेको थियो।