पाकिम: सिक्किमको रणजी ट्रफी २०२४-२५ को दोस्रो घरेलु खेल आज सिक्किम क्रिकेट मैदानमा गोवा विरुद्ध शुरु भयो। टस जितेर पहिला ब्याटिङ गर्न मैदानमा उत्रिएको टीम सिक्किमले ४६.५ ओभरमा १० विकेट गुमाएर केवल १०८ रन बनाउन सक्षम बन्यो।
अर्कोतिर, प्रतिद्वन्दी दल गोवाले दिनको खेल समाप्त हुँदासम्म कुनै विकेट नगुमाई ९० रन बनाएको थियो। गोवा सिक्किमभन्दा केवल १८ रन पछि परेको छ भने भोलि ब्याटिङ जारी राख्नेछ।