कुणाल घोषसित नारायण बन्धोपाध्यायको भेटलाई लिएर जुनियर डाक्टरहरूमा रोष प्रकट

photocollage_20241018222951254

काेलकाता: डाक्टरहरूको आन्दोलनमा सक्रिय रहेका डाक्टर नारायण बन्द्योपाध्यायको तृणमूल नेता कुणाल घोषसित भएको भेट जुनियर डाक्टरहरूको निम्ति अपच्य भएको छ। यस भेटलाई लिएर शुक्रवार डाक्टरहरूको संयुक्त मञ्च (जेपीडी)-ले एक बयान जारी गऱ्यो।
आन्दोलनका प्रमुख अनुहार अशफाकुल्ला नाइयाले भने, नारायण उनीभन्दा वरिष्ठ हुन्, तर उनले कुणालसित किन भेट गरे, केही थाहा छैन। उनले भने, यस भेटबाट जुनियर डाक्टरहरूको समस्याको कुनै समाधान हुनेवाला छैन।अशफाकुल्लाले भने, हामी असन्तुष्ट छौं। हामीलाई थाहा छैन कि उनले कुणालसित किन भेट गरे। हामीले यसको विरोध गरिरहेका छैनौं, तर हामीलाई दुःख लागेको छ। उनले यो पनि भने, मुख्यमन्त्री ममता ब्यनर्जी वा मुख्य सचिवसित भेटेर कुरा गरियो भने उनीहरूको समस्याको हल हुनसक्छ, तर कुणाल घोषसित भेटेर केही समाधान हुनेवाला छैन।नारायण औ कुणालको भेटमाथि संयुक्त मञ्च अफ डाक्टर्स (जेपीडी)-ले पनि बयान जारी गरेको छ जसमा भनिएको छ, नारायण कुनै चिकित्सा संगठनका प्रतिनिधि होइनन् र व्यक्तिगत रूपमा उनले जोसित पनि भेट गर्न सक्नेछन्। तर जुनियर तथा सिनियर डाक्टर एवं जनताको यस संयुक्त आन्दोलनमा उनको कुनै अधिकार छैन।उनले यस्ता व्यक्तिसित भेट गरेका छन् जसले यस आन्दोलनसित जोड़िएका डाक्टरहरूलाई अपमानजनक भाषा प्रयोग गरेर लक्षित गरिरहेका छन्। जेपीडीको मान्यता छ, नारायणले आन्दोलनको विरोधमा काम गरिरहेका छन् र उनको यस व्यवहारलाई समर्थन गर्न सकिँदैन।
फेडरेशन अफ मेडिकल एसोसिएशन्स (फेमा)- ले पनि बयान जारी गरी भनेको छ, नारायण बन्द्योपाध्याय अधिकृत प्रतिनिधि होइनन्। फेमाको बातचित वा सहयोग प्रक्रियामा पनि तिनी सामेल छैनन्। उनीद्वारा गरिएको यो भेटले हाम्रो विचारहरूलाई दर्शाउँदैन। हामी यस आन्दोलनलाई कमजोर बनाउने कुनै पनि कदमलाई समर्थन गर्न सक्दैनौं तथा जुनियर डाक्टहरूको दश सूत्रीय मागको समर्थनमा छौं।
यस भेटको बारेमा नारायण तथा कुणाल दुवैले विस्तारपर्वक केही बताएका छैनन्। तथापि नारायणले सोशल मीडियाको एउटा पोस्टमा लेखेका छन्, जुनियर डाक्टरहरूको भलोको निम्ति मैले जे पनि गरे त्यो ठीक छ। म पहिलो मानिस हुँ, त्यसपछि डाक्टर र त्यसपछि मात्र मेरो राजनीतिक पहिचान छ। यद्यपि नारायणको उक्त स्पष्टिकरणले पनि विवादलाई रोक्न सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement