गुवाहाटी: असमको स्पेशल टास्क फोर्स (एसटीएफ)- को एक टीमले गुप्त सूचनाको आधारमा अभियान संचालन गरी १२.४५ ग्राम हेरोइन सहित एकजना तस्करलाई पक्राउ गरेको छ। असम पुलिस मुख्यालय अनुसार गोप्य जानकारीको आधारमा एसटीएफले गए मध्यराति गुवाहाटीको दिसपुर थानान्तर्गत कचहरी बस्तीमा छापामारी गरेर एउटा बाइकसितै एकजना व्यक्तिलाई पक्राउ गऱ्यो।उक्त व्यक्तिको जाँच गर्दा एउटा साबुनदानीमा १२.४५ ग्राम हेरोइन भेटियो, त्यसपछि हेरोइनसितै एउटा मोबाइल फोन, नगद ९०० रुपियाँ, एउटा प्यान कार्ड र आधार कार्ड जफत गरियो। पक्रा पर्ने तस्करको पहिचान राहुल अहमद (नोटबामा, हातीगाउँ चारियाली, गुवाहाटी)- को रूपमा गरिएको छ। एसटीएफले अग्रिम कानूनी कारबाहीको लागि तस्कर अनि जफ्त गरिेएको सामग्रीलाई दिसपुर थानामा सुम्पिदिएको छ।