फाँसीदेवा: वाहनमा गोप्य च्याम्बर बनाएर गाँजा तस्करी गरिरहेका दुई जना तस्करलाई पुलिसले पक्राउ गरेको छ। तिनीहरूबाट पुलिसले २५ किलो गाँजा उद्धार गरेको छ। पक्रा पर्नेहरूमा कुणाल कुमार यादव र सतान राय हो। ती दुवै बिहारको पटना निवासी बताइएको छ।
प्राप्त जानकारी अनुसार, फाँसीदेवाको मुरलीगञ्ज चेक पोस्ट नजिक विधाननगर जाँच केन्द्र पुलिसले नाका चेकिङ अवधि एउटा सानो वाहनलाई रोकेर छानबिन गर्दा वाहनमा बनाएको गोप्य च्याम्बरबाट २५ किलो गाँजा उद्धार गऱ्यो। यसपछि दुई जनालाई पक्राउ गऱ्यो। पुलिस सूत्र अनुसार तस्करहरूले वाहनको इञ्जिन सामु गोप्य चेम्बर बनाएर गाँजा तस्करी गर्ने योजना बनाएको थियो। तर छानबिन अवधि गाँजा फेला पऱ्यो। गाँजा गुवाहाटीबाट बिहारको पटना लगिरहेको थियो। उद्धार गरेको गाँजाको बजार मूल्य लगभग लाखौं रुपियाँ रहेको छ। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।









