पानीटङ्की, खोरीबारीको श्यामा प्रगति संघले काली पूजाको तयारी शुरु

Capture6-5

खोरीबारी: पानीटङ्की, खोरीबारीको श्यामा प्रगति संघले खुटी पूजाको माध्यमबाट काली पूजाको तयारी शुरु गरेको छ। यो वर्ष गुजरातको नारायण अक्षरधाम मन्दिरको धर्तीमा मण्डप बनाइँदैछ।
गत वर्ष पनि यस क्लबले दुबईको बुर्ज खलिफाको पूजा पण्डल बनाएर दर्शकको ध्यान तानेको थियो। यसपटक गुजरातमा नारायण अक्षरधाम मन्दिर बन्ने भएको छ। यो मण्डपले सिलगढी सहर र उत्तर बंगालका पूजा मण्डपसँग प्रतिस्पर्धा गर्ने आयोजकको दाबी छ। श्यामा प्रगति संघका सचिव सञ्जीव बर्मनले छाउ नृत्य तथा पुरुलियाका विभिन्न साँस्कृतिक तथा सामाजिक कार्यक्रमहरु आयोजना गरिने जानकारी दिए।

About Author

Advertisement