सम्थार गोल्ड कपः सेमिफाइनलमा पुग्यो ग्लेनबर्न युनाइटेड

photocollage_20241018215955660

कालेबुङ: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा शुक्रवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याच चरम रोमाञ्चक रह्यो। सम्थार खेल मैदानमा आज भएको म्याचमा ग्लेनबर्न युनाइटेडले लीजेण्ड्स फूटबल एकाडमीविरुद्ध पेनल्टी शूटआउटमा ७-६-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा ग्लेनबर्न युनाइटेडबाट सिद्धान्त छेत्रीले ४८औं मिनटमा अनि लीजेण्ड्स फूटबल एकाडमीबाट पेट्रिकले ७०औं मिनटमा गोल गरे। नियमित समयको खेलको अन्तिम क्षणमा ग्लेनबर्न युनाइटेडका गोलकीपर तेञ्जिंगलाई रेड कार्ड देखाइयो। यसैकारण पेनल्टी शूटआउटमा ग्लेनबर्न युनाइटेडबाट निवास राणाले गोलकीपरको भूमिका निर्वाह गर्दै टीमलाई जीत दिलाए। निवास राणालाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २३ र २५ अक्टोबरमा हुनेछ। यसरी फाइनल २७ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement