खरसाङ: मालिक एवम् प्रबन्धन पक्षले केवल १० प्रतिशत बोनस दिएपछि रुष्ट बन्दै आन्दोलनमा उत्रिएका लङ्भ्यु चियाबारीका श्रमिकहरू अहिले पनि आन्दोलनमै छन्। लङ्भ्यु चियाबारीको श्रमिकहरू अहिले लगातार रुपमा अनशनमा बसिरहेका छन्। अनशनमा बसिरहेका लङ्भ्यु चियाबारीको श्रमिकहरूलाई भेट्न आज गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको सदस्य सदस्याहरू लङ्भ्यु चियाबारीको अनशन स्थलमा पुगेका थिए। विगत ११ दिन अघिदेखि आफ्नो हक र अधिकारको निम्ति श्रमिकहरु रीले अनसनमा बसेका छन्। तर उनीहरूको मागलाई लिएर न मालिक पक्ष न त सरकार नै गम्भीर देखिन्छ। यसै कुरालाई गम्भिरतापूर्वक लिएर आज गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका एउटा टोली अनशन स्थलमा पुगेर श्रमिकहरुसँंग भेटघाट गरेका छन्। समूहका पक्षबाट एक्टीभिष्ट समूहका अभियन्ता बिन्ध्या डुक्पाले मालिक पक्षको उदासीनता अनि मौनताप्रति कटाक्ष हान्दै त्यसको कडा शब्दमा बिरोध जनाइन्। स्वतन्त्र रूपमा आवाज उठाउने श्रमिकहरुको आवाजलाई पनि विभिन्न राजनैतिक दलसँग आवद्ध रहेका श्रमिक संगठनहरुले कुल्चिने काम गर्दै आएको राजनैतिक दलसँग आवद्ध रहेका श्रमिक संगठनहरुले पनि मालिकहरुकै पक्ष लिएर बोल्दै आएको पनि उनले बताइन्। त्यसैले आफ्नो हक र अधिकारको निम्ति श्रमिकहरु आफै अघि आउनु पर्ने कुरामा उनले जोड दिइन्। अंग्रेजहरूको समयमा रोपिएको चियाबारीबाट केवल नाफा मात्र निकाल्न चाहाने मालिक पक्षले आज सम्म चियाबारीको सियार सुसार गर्नुभन्दा धेरै नोक्सान भयो मात्रै भन्दै आएको तर त्यो नोक्सान नहुनुको निम्ति उनीहरुले के कदम उठाएको छ। चियाबारीको उत्पादन बडाउनको निम्ति उनीहरुले के योगदान दिएको छ भन्ने प्रश्न मालिक पक्षलाई तेर्साइन्। अंग्रेजहरूले रोपेर राखेको यो चियाको बुडो बोटहरबाट श्रमिकहरुको कति रगत र पसिन चुस्नु हुन्छ भन्दै मालिक पक्षलाई कटाक्ष गरिन्।
जहिल्यै पनि श्रमिकहरुले आफ्नो हक र अधिकारको निम्ति आवाज उठाउँदा मालिक पक्षले नोक्सानमा छ भन्ने गरेको भन्दै मालिक पक्षले नोक्सान हुन नदिनको निम्ति के कदम उठाएको छ भन्ने प्रश्न उठाइन्।
सरकारदेखि राजनैतिक दलसँग संलग्न रहेका श्रमिक संगठनहरु जम्मै मालिकहरुकै फण्डले चल्ने गरेको कारण चियाबारीहरूको आज यस्तो अवस्था भएको पनि उनले बताइन्। १९५५ सालमा आफुहरुले लडेर लिएको अधिकार एक एक गर्दै आज सबै खोसेर लाँदैछ त्यसैले अब समस्त पहाडका दिदी बहिनीहरूले लङभ्यूले जस्तो आन्दोलन सुरु गर्नु पर्ने आह्वान पनि उनले गरिन्। अर्कोतिर पत्रकारहरूलाई सम्बोधन गर्दै अर्को एक्टिभिष्ट शितल सुब्बाले पनि झण्डा र पार्टी पार्टीको राजनीतिले गर्दा नै श्रमिकहरूको अधिकारहरु खोसिन्दै गई रहेको बताइन्। श्रमिकको पक्षमा बोल्नु पर्ने श्रमिक संगठनहरु मालिकको पक्षमा बोली रहेको बताउँदै अब श्रमिकहरु त्यस्ता श्रमिक संगठनहरुको पछि नलागेर सचेत भई अघि आउनु पर्ने र यसको निम्ति अब केवल श्रमिकहरुको हक र हितको निम्ति मात्र आवाज उठाउने एउटा बलियो संगठनको आवश्यकता रहेको बताइन्। यदि यस्तो बलियो संगठन खडा गर्न सक्यौं भने चियाबारीको पुरानो गरिमा फर्कएर ल्याउन हामी सक्षम बन्ने छौं भन्दै श्रमिक संगठनहरुकै असफलताको कारण दार्जीलिङ पहाडका चियाबरीहरूको अवस्था दयनीय बनेको उनले दोहोराइन्।
गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका टोलीमा एक्टिभिष्ट बिन्ध्या डुक्पा अनि शितल सुब्बासँगै एक्टीभिष्टहरु क्रमैले अनिता लकाद्री, सुभाष राई अनि जोकमान थापा उपस्थित रहेका थिए।