सिक्किमको क्याप अध्यक्ष गणेश राई अनि खरसाङका विधायक बीपी बजगाईंमाझ जनजाति मुद्दा सम्बन्धमा भेटघाट

IMG-20241018-WA0266

खरसाङ: सिक्किमको सिटीजन एक्शन पार्टीको अध्यक्ष गणेश राई अनि खरसाङका विधायक बीपी बजगाईंमाझ जनजाति मुद्दा सम्बन्धमा भेटघाट सम्पन्न भएको छ। जनजाति बन्नबाट छुटेका नेपालीभाषी समुदायहरूलाई जनजाति बनाउने मामिला सन्दर्भमा विशेष कुराकानी गर्न आज सिक्किमको सिटीजन एक्शन पार्टी (CAP)-का अध्यक्ष गणेश कुमार राई सिलगढ़ीस्थित खरसाङको विधायक बीपी बजगाईको वासस्थान ‘मनोरथ निवास’ आएका थिए। यस विषयमा खरसाङका विधायक बीपी बजगाईले उनीसँगको यो भेट हाम्रो जीवनकै पहिलो भेट भनी बताउँदै हामीमाझ यस मामिला विषय सम्पूर्ण पक्षलाई लिएर चर्चा भएको र अहिलेसम्म हाम्रो पक्षबाट भएको यस मुद्दा सम्बन्धी कामको केही महत्वपूर्ण दस्तावेजहरू उनले गणेश राईलाई दिएको र गणेश राईले पनि विधायक चई यस मामिला सन्दर्भमा रहेको १९७६ सालको एउटा महत्वपूर्ण सरकारी पत्र दिएको बताएका छन्। यस भेटघाट विषयमा विधायक बीपी बजगाईले भने, ‘राजनीतिमा रहेका पक्ष विपक्ष सबै नै यसरी जातीय मुद्दामा चासो लिएको अनि काम गरेको देख्दा हाम्रो आजसम्म भएको अनि निकट भविष्यमा गरिने प्रयास त्यसै खेरो जाने छैन भन्ने बोध आजको भेटघाटले दिएको छ। यसको साथै हामीले आ-आफ्नो पक्षबाट यस मामिलामा काम गर्ने प्रतिवद्धता राखेका छौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement