दार्जिलिङकी कवि शारदा स्टेफीलाई कोलकोतामा एपीजे अब्दुल कलाम स्मृति सम्मान

IMG-20241018-WA0259

दार्जिलिङ: भारतको पूर्व राष्ट्रपति एपीजे अब्दुल कलाम फाउन्डेसन, कोलकाताको आयोजनामा पश्चिम बंगालका हावड़ा गान्धी मैदान भवनमा भएको अन्तर्राष्ट्रिय कवि सम्मेलनमा दार्जिलिङको लिजाहिल चियाबारीका नारी हस्ताक्षर तथा कवि शारदा स्टेफीलाई एपीजे अब्दुल कलाम स्मृति सम्मानले सम्मानित गरिएको छ।अन्तराष्ट्रिय कवि सम्मेलनमा एपीजे अब्दुल कलाम फाउन्डेसनको तर्फबाट सम्मान गरिएको कवयित्री शारदा स्टेफीले बताएकी छिन्।

उनले यसभन्दा अघि जुलाई २०२४ मा पनि भारतको भूपाल राज्यमा भएको सम्मान समारोहमा भारतको महाकवि दिनकर पुरस्कारले सम्मानित भएको बताउँदै उक्त पुरस्कार तथा सम्मान सम्पूर्ण पहाड़वासीको माया र आशीर्वादले प्राप्त भएको बताउँदै सम्पूर्ण पहाड़वासी लगायत एपीजे अब्दुल कलाम फाउन्डेसन कोलकाताप्रति आभार प्रकट गरेकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement