खरसाङ निवासी सन्नी राई लद्दाखको उच्च स्थानहरूको साहसिक यात्रासहित राष्ट्रीय झण्डा गाँडेर सकुशल खरसाङ फर्किए

IMG-20241018-WA0256

खरसाङ: खरसाङ निवासी सन्नी राई लद्दाखको उच्च स्थानहरूको साहसिक यात्रा गरेर भारतको राष्ट्रीय झण्डा गाँडेर सकुशल खरसाङ फर्किएका छन्। खरसाङको वार्ड नम्बर २० निवासी देवेन राईको सुपुत्र २७ वर्षीय सन्नी राईले गत ८ अक्टोबरदेखि यात्रा शुरु गरेर शुक्रवार सफलतापूर्वक सकुशल खरसाङ फर्कि आएका छन्। खरसाङको बह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा रहेर सेवा कार्य गर्दै आईरहेका सन्नी राईसहित चारजना महिला टोली लद्दाखको लागि साहसिक यात्रा शुरू गरेका थिए। उनले लद्दाखमा रहेको विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको हुलाक कार्यालय हिकिम पुगेर फर्केका छन्। यो स्थान १४,५६७ फिट उँचाईको रहेको स्थान हो। त्यसरी नै सन्नी राई र उनको टोली विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको गाउँ कोमिक जुन १५,०२७ फिटको उँचाईमा रहेको छ। यो गाउँ विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको गाउँ हो जुन सड़क मार्गसित जोडिएको बताइएको छ। सन्नी राई र टिम यसको अतिरिक्त १२,२७० फिट अग्लोमा रहेको विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको पेट्रोल पम्प काजाको पेट्रोल पम्प पुगेको जानकारी प्राप्त भएको छ। यस ठाउँबाट पनि वाहनहरूका लागि ईन्धन वितरण गरिन्छ। यसको अतिरिक्त सन्नी राई एशियाकै सबैभन्दा उच्च स्थानमा रहेको झुण्डिएको पुल चिचम पुल पनि पुगेका थिए जसको उँचाई १३,५९६ फिट रहेको बताइएको छ। त्यसरी नै विश्वको सबैभन्दा अग्लो स्थानमा वाहन गुड्न सक्ने सड़क यात्रा गर्न ‘उम्लिङ ला’ पनि पुगेका थिए। यस ठाउँको उँचाई १९,०२४ फिट रहेको बताइएको जानकारी गराइएको छ। खरसाङको सुपुत्र सन्नी राईले लद्दाखको अग्लो स्थानतिर साहसिक यात्रा गर्दै १२ दिनेे विजय यात्रा पूरा गरेर शुक्रवार खरसाङ आईपुगेको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले जानकारी गराएका छन्। उनले सन्नी राईले विश्वको सबैभन्दा अग्लो स्थानतिर रहेको हुलाक कार्यालय, गाउँ, झुण्डिएको पुल, अग्लो स्थानमा रहेको सड़क मार्गसित जोडिएको ठाउँमा पुगेर फर्केको बताउँदै ती अग्लो स्थानतिर भारतको राष्ट्रीय झण्डा गाँडेर सकुशल फर्केको बताएका छन्। उनले बताए अनुसार सन्नी राई युवाहरूका लागि प्रेरणाको स्रोत हुन्।

सन्नी राईले उक्त यात्रामा गाड़ी कुदाउने चालकको भूमिका मात्रै होइन तर खाना पकाउने कुकको भूमिका पनि सकुशलसाथ भूमिका निर्वाह गरेर टोलीलाई ठूलो सहयोग गरेको बताएका छन्। सन्नी राईको यो सफलतामा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बधाई दिएका छन्। उनले सन्नी राईले खरसाङको नाम उच्च पारेर फर्किएको र खरसाङलाई गौरान्वित बनाएको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement