नक्सलबारी: नक्सलबारीको ढकनाजोतको रुखबाट करिब १२ फिट लामो अजिंगर फेला परेको छ। हिजो राति अजिंगर खानाको खोजीमा बस्तीमा पसेको बताइएको छ। स्थानीय बासिन्दा जम्मा भएपछि अजिंगर रुखमा चढेको थियो। लगत्तै नक्सलबारी पुलिस थाना र टुकरियाझार वन विभागका कर्मचारीले घटनास्थल पुगेर एक घण्टाको प्रयासपछि अजिंगर बरामद गरेका थिए। अजिङ्गरको स्वास्थ्य परीक्षणपछि घना जंगलमा छाड्ने वन विभाग स्रोतले जनाएको छ।