रेलको ठक्करबाट एक युवकको मृत्यु

IMG-20241018-WA0188-copy

सिलगढी: चिया बायन क्षेत्रमा रेलको ठक्करबाट एक युवकको मृत्यु भएको छ। घटना विधाननगरको पेटकी क्षेत्रमा भएको हो। आज दिउँसो करिब १२ बजेतिर विधाननगरको पेटकी क्षेत्रमा रहेको रेलवे लाइनमा स्थानीयवासीले अज्ञात युवकको शव देखे। यसपछि रेलवे पुलिसलाई जानकारी दिएको लगत्तै घटनास्थलमा पुगेको रेलवे पुलिसले रेलबाट काटिएको शव बरामद गरी पोस्टमार्टमका लागि रेलवे अस्पताल पठाएको छ। यद्यपी यो घटना कसरी भयो भन्ने बारे रेलवे पुलिसले अनुसन्धान शुरु गरेको छ। दिउँसो करिब १२ बजे मालगाडीमा चढ्ने क्रममा उक्त युवक रेलमार्ग पार गर्ने क्रममा उक्त दुर्घटना भएको स्थानीयको अनुमान छ तर हालसम्म युवकको पहिचान हुनसकेको छैन  यता, रेलवे पुलिसले विभिन्न ठाउँमा युवकको नाम र ठेगाना खोजिरहेको छ।

About Author

Advertisement