माल बोक्ने गाड़ीको ठक्करबाट आसारुलालको मृत्यु

IMG-20240629-WA0057-copy-5

झापा(भद्रपुर): झापाको बिर्तामोडमा सवारीको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ। बिर्तामोड-भद्रपुर सडक खण्डस्थित बिर्तामोड-३ बिर्ताबजारमा बनियानीबाट बिर्ताबजार तर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको माल बोक्ने गाडीले पैदलयात्री लाई ठक्कर दिएको थियो।
सवारीको ठक्करबाट भारतको बहादुरगञ्ज घर भई हाल बिर्तामोड-३ स्थित शैनिकमोडमा डेरी गरी बस्ने ६५ वर्षीय आसारुलाल पानवारी गम्भिर घाइते भएका थिए।
उनको उपचारको क्रममा बिर्ता सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ठक्कर दिने सवारी र चालकलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पछिल्लो समय झापामा सवारी दुर्घटनाको घटना बढ्दै गएको पाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement