मोरंग (उर्लाबारी): मोरङको उर्लाबारीमा हात्तीको झुण्डले धानबालीमा क्षति पुर्याएको छ। हात्तीको झुण्डले मोरङको उर्लाबारी-२ का किसानको धानबाली नष्ट गरेको हो।

हात्तिले उर्लाबारी-२ का डुम्रेलगायत क्षेत्रमा धानबालीमा क्षति पुर्याएको छ। स्थानीय सक्षम भण्डारी, हरि मगर लगायतको धानबालीमा हात्तीले क्षति पुर्याएको छ। हात्तीको झुण्डले खुट्टाले कुल्चेर तथा खाएर धानबाली नष्ट गरेको छ। ठूलो संख्यामा आएका हात्तीको बथानले पाक्न थालेको धानबालीमा रजाई गरेपछि किसान चिन्तित बनेका छन्।

किसान भने हात्तीलाई खेतमा प्रवेश गर्न नदिका लागि रातभरी जाग्राम बसेपनि २०-२२ को संख्यामा आएका हात्तीको बथान अगाडि स्थानीयको केही लागेन। हात्ती आतंक रोक्न किसान भाँडा वर्तन बजाएर रातभर खेतमा बसेका थिए। उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेलले क्षतिको यकिन तथ्यांक संकलन गरिरहेको बताए। खाएर धानबाली नष्ट गरेको छ। ठूलो संख्यामा आएका हात्तीको बथानले पाक्न थालेको धानबालीमा रजाई गरेपछि किसान चिन्तित बनेका छन्।