ज्ञानमणिको हराएको एक महिनापछि सडेको शव

IMG-20241018-WA0156

सप्तरी (राजबिराज): वरिष्ठ पत्रकार विश्वमणि पोखरेलका भाई ज्ञानमणि पोखरेल एक महिना अघिदेखि हराई रहेकोमा मृत अवस्थामा उनको शव गाउँकै धानवारिमा भेटिएको छ।
सप्तरीको कञ्चनरुप नगरपालिका-९, रुपनगर, बिष्णु मन्दिर टोलका ज्ञानमणिको शव सडेर गलेको कङ्कालको अवस्थामा फेला परेको हो।
लगाएको कपडा, हातमा बाँधेको स्टिलको ब्रासलेटले शव ज्ञानमणिकै हो भन्ने पहिचान गरिएको हो। इलाका प्रहरी कार्यालय कञ्चनपुरले मृतकको शव उनकी पत्नीले सनाखत गरेको बताएको छ। कङ्काल अवस्थामा रहेको शवको पोष्टमार्टम राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा हुन नसकेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको दाजु वरिष्ठ पत्रकार विश्वमणि पोखरेलले बताए।
उनले भने ‘भाइको मृत्यु सन्दिग्ध अवस्थामा भएको शङ्का गरेका छौँ, प्रहरीले अनुसन्धान गर्ने विश्वास छ।’ शव सबै सडेकोले सूक्ष्म ढङ्गले पोस्टमार्टम गर्नु परेको हुँदा प्रहरीले धरान पठाएको उनको भनाई छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement