काठमांडू: दिसम्बर १मा हुने आसन्न उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ। आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको हो।
उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगले जनाएको छ।
त्यसैगरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए।