काठमांडू: गीत ‘रुकुम मैकोट’ सबैभन्दा लामो समय युट्युवको ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ हुने नेपाली गीत बनेको छ। सेप्टेम्बर २२ मा विश्वब्यापी ट्रेन्डिङमा समावेश यो गीत अहिले सूचीको ५९ औं स्थानमा छ।
एसडी योगीद्वारा संगीतबद्ध गीतलाई अहिलेसम्म ३ करोड ४६ लाख पटक हेरिएको छ । ७ हजारभन्दा बढी प्राप्त प्रतिक्रिया पनि सकारात्मक छ। यो गीत अहिले पनि टिकटक र रिल्समा उत्तिकै लोकप्रिय छ।
अक्टूबर २२मा यो गीत युट्युवको ग्लोबल ट्रेन्डिङमा परेको एक महिना पुग्दैछ। युट्युवले हरेक साता ‘ग्लोबल टप म्युजिक भिडियो’को सूची अपडेट गर्छ, जसमा ‘रुकुम मैकोट’ माथि उक्लिएको हो। सुरुमा यो गीत ७३ औं स्थानमा थियो।