नदीमा जेसीबी बन्द गराउन अघि आयो गाउँलेहरू

74fb7915-4ae5-4fbd-9e31-d0e5fe0be892

कालचिनी- कालचिनी खण्डको उत्तर मेन्दाबारी संलग्न कालजनी नदीमा दिनरात जेसीबीको प्रयोग भईरहेकोले नदीमा कटाव भएर गाउँमा बाढ़ पस्ने खतरा बढ़ेको र जेसीबीले गर्दा गाउँले मजदुरी गरेर परिवारको भरन पोषण गर्ने बाटो बन्द भएको स्थितिले गर्दा आज उत्तर मेन्दाबारी गाउँका बासिन्दाहरुले नदीबाट जेसीबी खेदने काम गरेको थियो। नदीमा दिनरात 3 वटा जेसीबी चलेर जताभावी खाल्डो बनेकोले नदीको कटाव भईरहेको र यसले गर्दा गाउँमा बाढ़ पस्ने सम्भावना बढ़िरहेको गाउँलेहरुले जनाएका छन।

आज यसै क्रममा जेसीबी चल्न नदिईने संकल्प लिएर स्थानीय तृणमूल नेता कृष्ण बसुमताको नेतृत्वमा गाउँलेहरुले कालजनी नदीबाट जेसीबी हटाउने अभियान चालेको थियो। परिस्थिति तनावपूर्ण बन्ने स्थितिलाई मध्यनजर गर्दै घटनास्थलमा पुलिसबल पुगेको थियो भने पुलिसले एउटा जेसीबी नियन्त्रणमा लिएको जनाएका छन। गाउँलेहरुको पक्षमा कृष्ण बसुमताले नदीमा जेसीबी बिना कुनै सरकारी अनुमति चलिरहेको र यसले नदीमा कटाव उत्पन्न गराईरहेको साथसाथै गाउँले दैनिक मजदुर गर्नेहरुको हक जेसीबीले मारेकोले अब गाउँलेहरुले नदीमा अवैद्य खनन जेसीबी चल्न नदिने संयुक्त निर्णय लिएको जनाएका छन।

About Author

Advertisement