धजे युनाइटेड र अल स्टार सांग्मा विजयी

photocollage_2024101813510

मिरिक: काउले युनाइटेड सनराइज क्लब, मिरिकको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार २ वटा म्याच खेलियो। मिरिक डिग्री कलेज ग्राउण्डमा खेलिएको पहिलो म्याचमा धजे युनाइटेडले ओकाईटी फूटबल क्लबविरुद्ध ५-२-ले जीत हासिल गऱ्यो। यसरी दोस्रो म्याचमा अल स्टार सांग्माले सन्दीप सेवेनविरुद्ध पेनल्टी शूटआउटमा ४-३-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर ४-४-को बराबरीमा रहेको थियो। यस फाइव ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १७ नोभेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement