२५ अगस्तः यूरोपेली क्लब फूटबलका दुई महाशक्ति एफसी बार्सिलोना र म्यानचेष्टर सिटीबीच खेलिएको मैत्री म्याच ३-३-ले ड्र रह्यो। बिहीवार बार्सिलोनाको होम ग्राउण्ड क्याम्प नोउमा एक समय त ईंग्लिश प्रीमियर लीग क्लब हारको नजिक पुगिसकेको थियो तर रियाद माहरेजले अन्तिम क्षणमा पेनल्टीबाट गोल गरी सिटीलाई पराजयको सम्मुखीन हुनदेखि बचाए। माहरेजले स्टपेज टाइमको नवौं मिनटमा पेनल्टीबाट गोल गरे। यसअघि बार्सिलोनाबाट पिएर-एमरिक औबामेयांगले २९औं, फ्रेंकी डी जोंगले ६५औं र मेम्फिस डिपायले ७९औं मिनटमा गोल गरे।

यसरी नै म्यानचेष्टर सिटीबाट जूलियन अल्वारेजले २१औं र कोले पाल्मरले ७०औं मिनटमा गोल गरे। हालै बायर्न म्यूनिखबाट बार्सिलोना आउने स्टार स्ट्राईकर रोबर्ट लेवाण्डोस्की बेञ्चमा भए पनि मैदानमा ओर्लिएनन्।