गान्तोक: 3राष्ट्रिय फुटबल च्याम्पियनशिप राजमाता जिजाबाई ट्रफी २०२४-२५ को निम्ति २९औं वरिष्ठ महिला दल आज त्रिपुरा प्रस्थान भएको छ। उक्त प्रतिष्ठित प्रतियोगितालाई ध्यानमा राख्दै १५ दिवसीय क्याम्पको आयोजना गरिएको थियो जसमा ३० जना प्रतिभाशाली खेलाड़ीहरू सहभागी थिए।
३० खेलाड़ी मध्ये राज्य टोलीको निम्ति २२ जनालाई चयनित गरिएको छ।
टीममा मुख्य प्रशिक्षक पुष्पा गुरुङ, सहायक प्रशिक्षक अल्पन लेप्चा, टीम प्रबन्धक सुजाना राई र फिजियोथेरपिस्ट डा. दिछेन ल्हमु भोटिया रहेका छन्। सिक्किम फुटबल एसोसिएशनले जानकारी गराए अनुसार, २० अक्टोबरमा सिक्किमको गुजरातसॅंग भिडन्त हुनेछ। यसरी नै २२ अक्टोबरमा त्रिपुरासॅंग र २४ अक्टोबरमा चण्डीगढसॅंग भिडन्त हुनेछ। एसोसिएशनले राज्य टोलीलाई आगामी म्याचहरूको निम्ति शुभकामना व्यक्त गरेको छ।