वार्षिक टङसुम ग्रामीण पर्यटन महोत्सव आयोजित

n63545438117291881268031e2ae48fa1e24587b377748febb19d9dc10b245313069b554965e9faf2970036

गेजिङ: पश्चिम सिक्किमको रमणीय गाउॅं दरापमा वार्षिक टङसुम ग्रामीण पर्यटन महोत्सव आयोजना गरिएको छ। ‘जहॉं आतिथ्यको विरासतसॅंग मिलन हुन्छ’ थीममाथि आयोजित महोत्सवको आयोजना दराप पर्यटन विकास कमिटीले गरेको हो।
महोत्सवको उद्देश्य पर्यटनको माध्यमद्वारा क्षेत्रको सांस्कृतिक पहिचान र सम्पदालाई बढावा दिनु रहेको छ।
यस अवसरमा क्षेत्र विधायक एवं पर्यटन विभागका सल्लाहकार सुदेश कुमार लिम्बू मुख्य अतिथि थिए। आफ्नो संक्षिप्त सम्बोधनमा विधायक लिम्बूले दिगो पर्यटनको महत्वलाई जोड दिॅंदै यसले स्थानीय संस्कृतिलाई मनाउने, आर्थिक वृद्धिलाई बढावा दिने र यस क्षेत्रको प्राकृतिक सौन्दर्यको संरक्षण गर्ने गर्दछ भनी बताए। उनले यस्ता महोत्सव आयोजनाले समुदायका परम्परागत मूल्यमान्यताको प्रवर्द्धन गरी व्यापक दर्शकमाझ परिचय गराउन खोजिएको बताए। यस महोत्सवले स्थानीय कारीगर, कलाकार र उद्यमीहरूलाई आफ्नो कौशल प्रदर्शित गर्न मञ्च प्रदान गर्छ भनी बताए।
महोत्सवमा अतिथि तथा अन्य गणमान्य व्यक्तिहरूले स्थानीय रूपमा उत्पादित फूलहरू, हतले निर्मित बॉंस शिल्पहरू, एसएचजीद्वारा तयार पारिएको कोदो र अन्य उत्पादहरू र पारम्परिक वस्त्रहरूको अवलोकन गरे। महोत्सवमा होमस्टे र साहसिक पर्यटनमाथि प्यानल चर्चा पनि आयोजना गरिएको थियो। यसैगरी, स्थानीय कलाकारहरूले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement