एनएलएम टोली मंगनमा

n63545438217291879374618441399bd04f46a1724b4c1658b1138bfb3e2b94b971ea794c773c91b4684ce2

मंगन: भारत सरकारको ग्रामीण विकास मन्त्रालयको राष्ट्रिय स्तरको अनुगमन (एनएलएम) टोलीसॅंग आज मंगन जिल्लाका जिल्ला अधिकारीहरूसॅंग एक प्रवेश बैठक सम्पन्न भयो। जिल्लापाल कार्यालयमा आयोजित उक्त बैठकमा अधिकारीहरूको भ्रमणको उद्देश्य जिल्लामा ग्रामीण विकास मन्त्रालय र पञ्चायति राज मन्त्रालयका कार्यक्रमहरूको अनुगमन गर्नु रहेको बताइयो।
अतिरिक्त जिल्लापाल पेमा वाङ्गछेन नामकर्पाको अध्यक्षतामा बसेको बैठकमा एडीसी काशीराज लिम्बू, बीडीओहरू जिल्ला अधिकारीहरू र लाइन विभागका अधिकारीहरूको सहभागिता थियो। बैठकमा विभिन्न केन्द्रिय ध्वजवाहक कार्यक्रमहरूको प्रगतिको आकलन र क्रियान्वयन स्थितिबारे चर्चा भयो। यस अतिरिक्त, जिल्ला अधिकारीहरूले जिल्लाका चुनौतीहरू लगायत वर्तमान क्रियान्वयन स्थितिबारे केन्द्रिय मन्त्रालयका अधिकारीहरूलाई जानकारी गराए।
जानकारी अनुसार, एनएलएम टोलीले जिल्लाका १० ग्राम पञ्चायत एकाईको भ्रमण गरेर विभिन्न योजनाहरूको क्रियान्वयन स्थिति आकलन गर्नेछन्। यस अघि जिल्लापाल अनन्त जैनले एनएलएम टोलीको स्वागत गरेर चर्चाको शुरूवात गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement