गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज चण्डीगढमा आयोजित राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) को मुख्यमन्त्री परिषद बैठकमा सहभागी बने। बैठकको अध्यक्षता प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए।
उक्त जानकारी मुख्यमन्त्री तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्।
बैठक मुख्यमन्त्रीहरूबीचको उच्च-स्तरीय छलफलको लागि एक महत्वपूर्ण फोरम थियो, जसको उद्देश्य केन्द्र र राज्य सरकारहरूबीच बलियो, थप गतिशील साझेदारी सुनिश्चित गर्नु रहेको थियो। बैठक राष्ट्रको विकास एजेन्डालाई अगाडि बढाउन साहसी, सहयोगी रणनीतिहरू निर्माण गर्नमा केन्द्रित थियो।
विचारको आदानप्रदानको क्रममा भावी चुनौतीहरूको सामना गर्न एकता र निर्णायक कार्यको सर्वोपरि महत्त्वलाई उजागर गरेको थियो भनी मुख्यमन्त्रीले बताएका छन्। यो एकताबद्ध दृष्टिकोणले सबै क्षेत्रहरूमा भारतको द्रुत परिवर्तनलाई बल मिल्नेछ, देशको प्रत्येक क्षेत्रको लागि समान वृद्धि र प्रगति सुनिश्चित गर्न सहायक हुनेछ भनी उनले उल्लेख गरेका छन्। मुख्यमन्त्रीले हामी अझ उज्यालो र समृद्ध भविष्यतर्फ लागिरहँदा, यो सामूहिक दृष्टिकोणले विश्वव्यापी मञ्चमा हाम्रो राष्ट्रको उचाइलाई गति दिनेछ भनी विश्वास व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई उहाँको गतिशील नेतृत्वको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै राष्ट्रको समग्र विकास र उन्नतिको लागि हातमा हात मिलाएर काम गर्ने क्रममा उहाँको निरन्तर मार्गदर्शनको अपेक्षा व्यक्त गरेका छन्।