ग्रामीण योजना कार्यान्वयनमाथि जिल्ला अधिकारीहरुको समीक्षा बैठक

IMG-20241017-WA0274

मंगन: मंगन जिल्लाका जिल्लापाल कार्यालयमा आज बसेको बसेको एक उच्चस्तरीय बैठकले विभिन्न केन्द्रिय परियोजनाहरुको कार्यान्वयनबारे छलफल गरेको छ। जिल्लापाल कार्यालयमा भएको उक्त बैठकमा भारत सरकारको ग्रामीण विभाग मन्त्रालय निरीक्षण टोली र जिल्ला अधिकारीहरुको सहभागिता थियो। राष्ट्रियस्तरको निरीक्षण टोलीसँगको यो पहिलो बैठक हो। उक्त टोलीको जिल्ला भ्रमणको उद्देश्य जिल्लामा ग्रामीण विकास मन्त्रालय र पञ्चायती राज मन्त्रालयका कार्यक्रमहरूको निरीक्षण र जायजा लिनु रहेको थियो। बैठकको अध्यक्षता मंगन जिल्लाका अतिरिक्त जिल्लापाल पेमा वाङ्चेन नामकार्पाले गरेका थिए। बैठकमा अतिरिक्त जिल्लापाल (विकास), मंगन जिल्लाका ग्राम विकास अधिकारीहरु, जिल्ला अधिकारीहरू र सम्बन्धित विभिन्न विभागीय अधिकारीहरू उपस्थित थिए। बैठकमा टोलीले महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी योजना, दीनदयाल अन्त्योदय योजना, राष्ट्रिय ग्रामीण जीविका मिशन लगायत विभिन्न प्रमुख योजनाहरूको प्रगति र कार्यान्वयन स्थितिको समीक्षा गरेको थियो। यसबारे जिल्ला अधिकारीहरूसँग छलफल गरेको थियो। दीनदयाल उपाध्याय ग्रामीण कौशल योजना, प्रधानमन्त्री ग्रामीण आवास योजना, राष्ट्रिय सामाजिक सहायता कार्यक्रम, प्रधानमन्त्री ग्राम सडक योजना, प्रधानमन्त्री कृषि सिञ्चाई विकास योजना, डिजिटल भारत भूमि अभिलेख आधुनिकीकरण कार्यक्रम, सांसद आदर्श ग्राम योजना, ग्रामीण स्वरोजगार प्रशिक्षण संस्थान, गाउँहरूको सर्वेक्षण र गाउँहरूमा सञ्चालित प्रविधि र आधारभूत पञ्चायतहरूको प्रमाणीकरण कार्यक्रमबारे छलफल भएको थियो। जिल्ला अधिकारीहरूले उक्त परियोजनाहरुको कार्यान्वयन स्थितिको रिपोर्ट साझा गरेका थिए। जिल्लाले प्राप्त गरेका उपलब्धि र चुनौतीहरूमाथि पनि चर्चा भएको थियो। टोलीले उक्त योजनाहरूको कार्यान्वयनको समीक्षा गर्न मंगन जिल्लाका १० वटा ग्राम पञ्चायत एकाइहरूको भ्रमण गर्ने तयारी गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement