गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले हरियाणाका नवनिर्वाचित मुख्यमन्त्री नायाब सैनीको शपथग्रहण समारोहमा सहभागिता जनाए। पञ्चकुलामा आयोजित शपथग्रहण समारोहमा अन्य अतिथिहरूको साथमा प्रधानमन्त्री नरेन्द्र मोदी साथै गृह मन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंहको पनि विशेष उपस्थिति रहेको थियो।
मुख्यमन्त्री तामाङले हरियाणाका समकक्षीलाई बधाई अनि शुभकामना दिए।