आरबीआइको राज्यस्तरीय क्वीज प्रतियोगितामा तादोङ कलेज च्याम्पियन

IMG-20241017-WA0272

गान्तोक: भारतीय रिजर्व ब्याङ्कले यस वर्ष आफ्नो ९०औं वर्षगाँठ वार्षिक कार्यक्रमको रुपमा आयोजन गरिरहेको छ। यो देशव्यापी कार्यक्रमलाई सफल पार्न ब्याङ्कले स्नातक स्तरका विद्यार्थीहरूको लागि राष्ट्रव्यापी सामान्य ज्ञानमा आधारित हाजिरी जवाफ प्रतियोगिता शुरु गरेको छ। वर्षव्यापी उत्सवको एक भागको रूपमा ब्याङ्कले आरबीआइ क्वीज ९० नाम दिएर विभिन्न चरणहरूमा प्रतियोगिता आयोजना गरिरहेको छ। आरबीआइले प्रेस विज्ञप्तिमा भनेअनुसार यो समूह आधारित प्रतियोगिता हो, जसमा कलेजका विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन्। पहिलो चरणको प्रतियोगिता अनलाइन चरणमा गत १९-२१ सेप्टेम्बरमा सम्पन्न भएको थियो। यसअन्तर्गत सिक्किमबाट राज्यस्तर राउन्डका लागि उत्कृष्ट प्रदर्शन गर्ने कलेज टोलीहरू छनोट गरिएको जानकारी प्रेस बयानमा दिएको छ। राजधानी गान्तोकमा राज्यस्तरीय राउन्ड प्रतियोगिता आयोजित भएको थियो। जहाँ ५४ विद्यार्थीले उत्साहकासाथ सहभागिता जनाएका थिए। २७ टोलीले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए। प्रतियोगितामा तादोङस्थित नरबहादुर भण्डारी सरकारी कलेज विजयी भएको छ भने सदिश शर्मा र केसाङला भोटिया शीर्ष स्थानमा आउन सफल भएका छन्। नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी, सिक्किम र सिक्किम मणिपाल इन्स्टिच्युट अफ टेक्नोलोजीले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन्। शीर्ष तीन टोलीले २ लाख, १.५ लाख र १ लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ। विजेता टोलीले क्षेत्रस्तरीय राउण्ड प्रतियोगितामा भाग लिनेछ। उक्त प्रतियोगिता २१ नोभेम्बरदेखि ४ दिसम्बरसम्म मुम्बईमा हुने प्रतियोगितामा भाग लिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement