गान्तोक: रामायणका रचयिता महर्षि वाल्मिकी जयन्तीको अवसरमा क्षेत्र विधायक तथा सिक्किम सरकारको ग्रामीण प्रबन्धन एवं सहकारिता विभागका मन्त्री अरूण कुमार उप्रेतीले आरिथाङमा निर्मित वाल्मिकी मन्दिरको आज विधिवत् उद्घाटन गरे। यस अवसरमा वार्ड पार्षद पासाङ तामाङ र मन्दिर समितिका सदस्य एवं श्रद्वालुहरू उपस्थित थिए। हर्षोल्लासका साथ मनाइने यस पवित्र दिनमा पुजा प्रार्थना गर्नकासाथै सेवा र करुणाप्रति समुदायको प्रतिबद्धता प्रदर्शन गर्दै दीन दु:खीलाई भोजन ग्रहण गराइन्छ। यस मन्दिरको विधिवत् रूपमा उद्वघाटनपछि मन्त्री उप्रेतीले पुजा अर्चना गरे। सिक्किम र सिक्किमेली जनताको सुख, शान्ति र समृद्वि र कल्याण हेतु प्रार्थना गरे।