दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक बने हेमंग बदानी

IMG-20241017-WA0269

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका पूर्व मीडलअर्डर ब्याटर हेमंग बदानीलाई दिल्ली क्यापिटल्सले आईपीएल २०२५-को निम्ति मुख्य प्रशिक्षक नियुक्त गऱ्यो। यसको साथमा पूर्व भारतीय ब्याटर वेणुगोपाल रावलाई क्रिकेट निदेशक बनाइयो। फ्रेञ्चाइजीमा बदानीले पूर्व अष्ट्रेलियाई कप्तान रिकी पोण्टिंगको स्थान लिनेछन्। यसरीरावले पूर्व भारतीय कप्तान सौरभ गांगुलीको स्थान लिनेछन्। दुवै नियुक्ति दिल्ली क्यापिटल्सद्वारा कोचिंग स्टाफ र फ्रेञ्चाइजीको सञ्चालन संरचनामा सुधारको हिस्सा हो। यसबाहेक दिल्ली क्यापिटल्सले २०१४-देखि सहायक प्रशिक्षक र ट्यालेण्ट स्काउटको रूपमा काम गर्ने पूर्व भारतीय क्रिकेटर प्रवीण आमरेसँग पनि सम्बन्ध तोड़्ने फसेला गरेको छ। बदानी र वेणुगोपालसँग घरेलु क्रिकेटको अपार अनुभव रहेको छ। तमिलनाडुका पूर्व कप्तान बदानीले भारतको निम्ति ४ वटा टेस्ट र ४० वटा वनडे इण्टरनेशनल म्याच खेलेका थिए। यसरी वेणुगोपालले भारतको निम्ति १६ वटा वनडे इण्टरनेशनल म्याच खेलेका थिए। उल्लेखनीय छ, दिल्ली क्यापिटल्सले अहिलेसम्म एकपल्ट पनि आईपीएल खिताब जित्न सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement