२५ अगस्तः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा देउराली संघ नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। रंगमोहन हाई स्कूल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टको शुरुवात २ सेप्टेम्बरदेखि हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ३००० रुपियाँ तोकिएको छ। प्रवेश शुल्क जमा गर्ने अन्तिम मिति २८ अगस्त रहेको छ भनी आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।