अनशनको १३औं दिन छजना डाक्टरहरु अस्पतालमा भर्ती

IMG_Junior_Doctors_conti_2_1_9KDF6N2T

काेलकाता: कोलकातामा सुरक्षा र न्यायको माग लिएर जारी जूनियर डाक्टरहरूको अनशनले बिहिवार १३औं दिनमा प्रवेश गऱ्यो। यो अनशन आरजी कर मेडिकल कलेज एवं अस्पतालमा पोस्ट-ग्रेजुएट प्रशिक्षु डाक्टरको साथ दुष्कर्म र हत्याको मामिलामा न्याय र कार्यस्थलमा सुरक्षाको मागहरू लिएर भइरहेको छ। डा. सुवेन्दु मल्लिक अनुसार, अहिलेसम्म छ जना डाक्टरको स्वास्थ्यमा भारी ह्रास भएको कारण उनीहरूलाई अस्पतालमा भर्ती गराउनुपरेको छ। वर्तमानमा आठ जना डाक्टर एस्प्लानेड स्थित धरना स्थलमा अऩिश्चितकालीन अनशनमा बसेका छन्। प्रदर्शनकारी डाक्टरहरूको माग छ कि आरजी कर अस्पतालको महिला चिकित्सकको साथ दुष्कर्म र हत्या मामिलामा न्याय होस् र राज्यका स्वास्थ्य सचिव एनएस निगमलाई तत्काल हटाइयोस्।
यस बाहेक उनीहरूको अन्य प्रमुख मागहरूमा राज्यका सबै अस्पतालहरू र मेडिकल कलेजहरूको लागि एक केन्द्रीकृत रेफरल सिस्टमको स्थापना, बेडहरूको उपलब्धतामाथि निगरानीको निम्ति एक प्रणालीको कार्यान्वयन र कार्यस्थलहरूमा सीसीटीवी, अन-कल रूम र शौचालय जस्ता आवश्यक सुविधाहरूको व्यवस्थाको निम्ति टास्क फोर्सको गठऩ सामेल छ। डाक्टरहरूले अस्पतालहरूमा पुलिस सुरक्षा बढ़ाउने, स्थायी महिला पुलिस कर्मीहरूको नियुक्ति र डाक्टरहरू, नर्सहरू र अन्य स्वास्थ्य कर्मीहरूको खाली पदहरूलाई छिटोभन्दा छिटो भर्ने माग पनि गरेका छऩ्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement