असम: हेरोइनसितै तीनजना तस्करलाई पक्राउ

pratidintime_2024-10-16_l67vttmw_WEB-PT-9-

दिसपुर: दिसपुर औ सात गाउँ थाना क्षेत्रमा असम पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ)- को एक टीमले अभियान संचालन गरी तीनजना ड्रग्स तस्करहरूलाई पक्राउ गऱ्यो।एसटीएफले बिहीवार बतायो, एसटीएफका इन्स्पेक्टर कपिल पाठकको नेतृत्वमा दिसपुर र सात गाउँ थाना क्षेत्रमा संचालित अभियान अवधि १५७.७१ ग्राम हेरोइनसितै तीनजना तस्करहरूलाई पक्राउ गरियो। यी तस्करहरूबाट हेरोइन अतिरिक्त एउटा कार (एएस-०१ एफएस-४४३० ), एउटा स्कुटी (एएस- ०१ एफडब्लू- ६९०४) तीनवटा मोबाइल फोन, नकद २५ हजार ७८० रुपियाँ, दुईवटा मोबाइल फोन र ९४ वटा खाली प्लास्टिकका स-साना डब्बा जफत गरियो। पक्रा पर्ने आरोपीहरूको पहिचान भार्गव चौधरी (२४), सञ्जीव राय उपनाम मुन्ना (३६) औ निताई सरकार उपनाम लाला (२३ )- को रूपमा गरिएको छ। यी तीनैजनालाई एसटीएफले स्थानीय पुलिसलाई सुम्पिदिएको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएस एक्ट अन्तर्गत एक प्राथमिकी दर्ता गरी तस्करहरूसित गहन जाँचबुझ गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement