लङ्भ्युको आन्दोलनलाई जोइण्ट फोरमको समर्थन

IMG-20241017-WA0241

खरसाङ: लङ्भ्यु चियाबारीमा अहिले पनि श्रमिकहरूको क्रमिक अनशन जारी छ। २० प्रतिशत बोनसको मागमा श्रमिकहरू लगातार अनशनमा छन्। यस आन्दोलनलाई विभिन्न राजनीतिक दलका श्रमिक संगठनहरूको संयुक्त संगठन जोइण्ट फोरमले पनि समर्थन जनाएको छ। जोइण्ट फोरमको पक्षबाट सुनिल राईले एक भिडियो जारी गरेर लङ्भ्यूको आन्दोलनलाई उनीहरूको समर्थन रहेको जनाएका छन्। उनले लङ्भ्युको यस आन्दोलनलाई राज्य सरकारले पनि गम्भीरतापूर्वक लिएर यसको समाधान हेतु पाइला चाल्नुपर्ने माग गरेका छन्। यदि चाँडो यहाँको समाधान नगरिए जोइण्ट फोरम आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्। सुनिल राईले जोइण्ट फोरमको पक्षबाट गत १६ अक्टोबरको दिन एएलसीलाई पत्रचार गरेको पनि जानकारी गराएका छन्। राईले चाढ पर्वको समयमा पनि यसरी श्रमिकहरू धर्ना र भोक हड्तालमा बस्नु पर्दा उनीहरूलाई धेरै दुःख लागेको जनाउँदै तर यति हुँदा पनि सरकारी पक्षबाट कुनै प्रतिक्रिया नआउनु खेदको कुरा हो भन्दै श्रमिकहरू अब एक अर्कामा नलडेर आफ्नो हक र अधिकारको निम्ति एकताको सूत्रमा बाँधिनुपर्छ भनी आह्वान गरेका छन्। उनले लङ्भ्युको यस आन्दोलनलाई जोइण्ट फोरमले पूर्ण रूपले अनि नैतिक रूपले समर्थन जनाउँदछ भन्दै यदि सबै पक्ष मिलेर यहाँका श्रमिकहरूको समस्याको समाधान नगरे जोइण्ट फोरम आन्दोलनको निम्ति सडकमा ओर्लिने चेतावनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement