कुचबिहार: आज तोर्षा नदीको पुल मुनि झुन्डिएको अवस्थामा एकजना व्यक्तिको शव फेला परेको छ। यस आत्महत्याको घटनाले कुचबिहारको खागराबारी ग्राम पञ्चायतको रूपनगर इलाकामा शोकको लहर छाएको छ। प्राप्त जानकारी अनुसार आज स्थानीय मानिसहरूले पुल मुनि एउटा रुखमा झुन्डिरहेको अवस्थामा व्यक्तिको मृतक शरीर देखेपछि घटनाबारे पुन्डीबारी थाना पुलिसलाई खबर दिए। यो खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। समाचार लेखुञ्जेलसम्म मृतक व्यक्तिको परिचय थाहा लागेको छैन ।