कोलकोताको बैठकमा ५५ हजार श्रमिकहरूको हस्ताक्षर लिएर जाने
खरसाङ: खरसाङको रोहिणी चियाबारीमा दार्जिलिङ जिल्ला चिया कमान मजदुर युनियनको तर्फबाट श्रमिकहरूको हस्ताक्षर संकलन गर्ने अभियान शुरु गरिएको छ। माकपाको चिया कमान मजदुर युनियन दार्जिलिङ जिल्ला सदस्य सचिन खातीको अगुवाईमा चियाबारी श्रमिकहरूको हस्ताक्षर संकलन गर्ने कार्य शुरु गरिएको छ। पहाड़को आठवटा श्रमिक संगठनहरूको समन्वय मञ्चको अगुवाईमा आगामी ६ नोभेम्बरमा कोलकोतामा हुने बैठकमा पहाड़को ५५ हजार चियाबारी श्रमिकहरूको हस्ताक्षर संकलन गरेर मन्त्रीको टेबलमा लाने र पहाड़को चियाबारी श्रमिकहरूको मांग केवल बीस प्रतिशत बोनस रहेको भन्ने सांकेतिक अभियान गरिएको जानकारी प्राप्त भएको छ। रोहिणी चियाबारीमा शुरु गरिएको हस्ताक्षर अभियानमा श्रमिक नेताहरू सचिन खाती, सागर शर्मा र अनिमा खवास पनि उपस्थित रहेका थिए। यस अभियान अन्तर्गत बीस प्रतिशत बोनसको मांगमा आन्दोलन जारी रहेको बताइएको छ। रोहिणी चियाबारीमा हस्ताक्षर अभियान शुरु गर्न अघि सचिन खातीले पश्चिम बंगालको श्रम मन्त्रीलाई लेखेको पत्र पठन गरेर सुनाए अनि किन पत्रचार गरियो र ६ नोभेम्बरमा किन समन्वय मञ्चको अगुवाईमा ५५ हजार श्रमिकहरूको हस्ताक्षर संकलन गरेर लाने विषयमा विस्तृत रूपमा बताएका छन्।

उक्त हस्ताक्षर संकलन अभियान विषयमा श्रनिकहरूलाई सम्बोधन गर्दै चिया बगान मजदुर युनियन दार्जिलिङ जिल्ला सदस्य सचिन खातीले हाम्रो बीस प्रतिशत बोनसको माग यथावत रहेको र बीस प्रतिशत बोनसको मांगमा समन्वय मञ्चको अगुवाईमा पश्चिम बंगालको श्रम मन्त्रीलाई पत्राचार गरिसकेपछि उताबाट आगामी ६ नोभेम्बरमा कोलकोतामा बैठक बोलाएकोले हामीले ६ नोभेम्बरसम्म आन्दोलन स्थगित गरेको मात्रै हो तर बीस प्रतिशत बोनसको मांगमा आन्दोलन भने जारी रहेको जानकारी गराएका छन्। उनले ६ नोभेम्बरमा कोलकोतामा हुने बैठकमा समन्वय मञ्चको अगुवाईमा पहाड़का ५५ हजार चियाबारी श्रमिकहरूको हस्ताक्षर संकलन गरेर मन्त्रीको टेबलमा लाने अनि हामी बीस प्रतिशत बोनसको मांगमा अडिग रहेको बताउन ये सांकेतिक रूपमा हस्ताक्षर संकलन अभियान गरिएको बताएका छन्। उनले सबै श्रमिकहरूलाई हस्ताक्षर गरिदिने आह्वान् पनि गरेका छन्।