सिलगढी: आज घोषपुकुर इलाकाको चिया बगानमा तृणमूल पञ्चायत सदस्यको झुण्डिएको शव भेटिएपछि आसपासका क्षेत्रमा सनसनी फैलिएको छ। सिलगढी महकुमा परिषद अन्तर्गत घोषपुकुर ग्राम पञ्चायतका तृणमूल पञ्चायत सदस्य सञ्जीव राय (३५) को शव चिया बगानमा रहेको रुखमा झुण्डिएको अवस्थामा देखियो। पहिले स्थानीयले देखेपछि घोषपुकुर चौकी पुलिसलाई खबर गरे। पुलिसले गएर शव बरामद गरी पहिले फन्सिदेवा ग्रामीण अस्पताल पठायो। त्यहाँबाट शवलाई पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज अस्पताल लगियो। यो हत्या हो वा आत्महत्या, घोषपुकुर पुलिसले अनुसन्धान थालेको छ। गए राति लक्ष्मी पूजापछि प्रसाद बाँडेर सुतेको परिवारले बताए। आज बिहान झुण्डिएको शव देखेर उनीहरु पनि छक्क परे। यो समाचार लेख्दासम्म घटना कसरी भयो भन्ने खुल्न सकेको छैन।











