खरसाङ: क्रन्तिकारी मार्क्सवादी कम्युनिष्टी पार्टी (क्रामाकपा), खरसाङ आंचलिक कमिटीले आज खरसाङ खण्ड विकास अधिकारी मार्फत पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पहाड़का विभिन्न समस्याहरूको समाधानको निम्ति सात सुत्रीय मांग पत्र सुम्पिएको जानकारी खरसाङमा एक पत्रकार सम्मेलन गरेर पार्टीको खरसाङ आंचलिक कमिटी सचिव अमर राई, केन्द्रिय समिति सदस्य उद्धव खनाल अनि आनन्द घतानीले जानकारी दिएका छन्।