केवल ४६ रनमा अलआउट भएर भारतको हताशाजनक रेकर्ड

IMG-20241017-WA0217

बेंगलुरु: भारतले न्यूजील्याण्डविरुद्ध पहिलो टेस्ट म्याचमा हताशाजनक रेकर्ड बनायो। वर्षावाधित दोस्रो दिनको खेलमा भारतीय टीम आफ्नो पहिलो ईनिंग्समा ३१.२ ओभर खेलेर केवल ४६ रन बनाएर अलआउट भयो। यो भारतको स्वदेशमा २९३ वटा टेस्ट म्याचमा न्यूनतम स्कोर हो। भारतको पहिलो ईनिंग्समा ५ जनाले त खाता पनि खोल्न सकेनन्। यसरी भारतले घरेलु टेस्टको कुनै ईनिंग्समा पहिलोपल्ट ५० रन पनि बनाउन सकेन। यसरी न्यूजील्याण्डविरुद्ध घरेलु टेस्टमा दोस्रोपल्ट भारतका ५ जनाले खाता पनि खोल्न सकेनन्। यसअघि १९९९-को मोहाली टेस्टमा पनि यस्तो भएको थियो। यसअघि घरेलु मैदानमा भारतको न्यूनतम स्कोर ७५ रन रहेको थियो, जुन १९८७-मा दिल्ली टेस्ट म्याचमा भएको थियो। समग्रमा भारतको न्यूनतम स्कोर अष्ट्रेलियामा रहेको छ। चार साल अघि भारतीय टीम अष्ट्रेलियाविरुद्ध एडिलेडमा खेलिएको टेस्ट म्याचमा केवल ३६ रन बनाएर अलआउट भएको थियो। घरेलु मैदानमा भारतीय टीम यसअघि २००८-मा दक्षिण अफ्रिकाविरुद्ध ७६ रन, १९९९-मा न्यूजील्याण्डविरुद्ध ८३ रन र १९६५-मा न्यूजील्याण्डविरुद्ध नै ८८ रनमा अलआउट भएको थियो। यसरी विदेशी मैदानमा भारत यसअघि १९७४-मा ईंग्ल्याण्डविरुद्ध लर्ड्समा ४२ रन अनि १९४७-मा अष्ट्रेलियाविरुद्ध ब्रिसबेनमा ५८ रनमा अलआउट भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement