मंगपू: मंगपू युथ क्लबको आयोजनमा मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२४ शनिवार (१९ अक्टोबर)-देखि शुरु हुनेछ। यसपाली टुर्नामेण्टमा १० वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ। मंगपू खेल मैदानमा बिहीवार खेलिने उद्घाटन म्याचमा आमुक्त परिवार र संकटा फूटबल क्लबबीच भिड़न्त हुनेछ। म्याच दिउँसो २ बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २६ र २७ अक्टोबरमा हुनेछ। यसरी फाइनल ६ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा कोषाध्यक्ष सुदर्शन तामाङले जानकारी दिएका छन्।